रेशम चौधरी दोषी कि पीडित !
२०७४ जेठ १५ गते

“
पुस १, काठमाडौं । टिकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी दोषी नभएको उच्चस्तरीय जाँचबुझ आयोगले ठहर गरेको छ । आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा चौधरी टिकापुर घटनाको दोषी नभई पिडित भएको ठहर गरिएको हो ।
टिकापुरमा प्रहरीमाथि आक्रमणको घटना नियोजित नै भएपनि रेशम चौधरीको संलग्नता नरहेको आयोगको दाबी छ ।
चौधरीले घटनाको बिषयमा अघिल्लो दिन नै जानकारी पाएर प्रहरीलाई खबर गरी सहयोग गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
२०७२ साल भदौ ७ गतेका दिन टीकापुरमा ७ प्रहरी र एक बालक हत्या घटनाको प्रमुख योजनाकारका रुपमा चौधरीविरुद्ध प्रहरीले मुद्दा दायर गरिसकेको छ । घटनापछि फरार चौधरी कैलाली क्षेत्र नम्बर १ बाट फराकिलो मतान्तरसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








