कास्की बचत तथा ऋण सहकारी संघको साधारणसभा सम्पन्न

पुस १, पोखरा । कास्की बचत तथा ऋण सहकारी संघ लि.को १७औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाका अवसरमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक प्रभा कोइरालाले आर्थिक तथा सामाजिक क्षेत्रमा सहकारी अभियानको योगदान महत्वपूर्ण रहेको बताइन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन)का सञ्चालक भीम गुरुङले सहकारी संस्थाहरु नीति, विधि र प्रविधिका साथ सदस्य केन्द्रित व्यवसायमा उन्मुख हुनुपर्ने बताए । राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक एवं बचत संघका राष्ट्रिय प्रतिनिधि डिल्लिराम तिवारीले सहकारी ऐन २०७४ सहकारी अभियान अनुकुल नै आएको हुँदा यसलाई स्वागत गर्नुपर्ने धारणा राखे ।

जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले कास्की बचत संघले कास्कीको सहकारी अभियानमा महत्वपूर्ण योगदान पु¥याएको बताए । संघका अध्यक्ष सुदिप ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष भेषराज बराल, सचिव दीपक प्रकाश आचार्य, कोषाध्यक्ष नारायणप्रसाद आचार्य, सहसचिव लक्ष्मी गौतम सुवेदी, लेखा समितिका संयोजक रुद्रनाथ पौडेल लगायतले बोलेका थिए ।

भोजराज घिमिरे र माछापुच्छ्रे सहकारीलाई सम्मान
संघले १७औं वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट व्यवस्थापक र उत्कृष्ट सहकारीलाई सम्मान गरेको छ । जिल्ला सहकारी संघका वरिष्ठ व्यवस्थापक भोजराज घिमिरेलाई राइफेशन सहकारी अवार्ड प्रदान गरिएको छ । माछापुच्छ्रे सहकारी संस्थालाई बखान सहकारी अवार्डबाट सम्मानित गरिएको अध्यक्ष सुदिप ढकालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *