अध्यादेशमा टीकाटिप्पणी गर्नु आवश्यक छैन : नेता सिंह

२०७४ जेठ १५ गते

“
काठमाडौँ १ पुस। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अध्यादेशको बारेमा वाम गठबन्धनलाई अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गरेका छन् ।
थापागाउँ सुधार समितिले आज यहाँ आयोजना गरेको ‘बधाई एवं धन्यवाद’ कार्यक्रममा नेता सिंहले संविधानमा अध्यादेशमार्फत राष्ट्रियसभाको गठन हुने प्रावधान भएकाले सोहीअनुसार सरकारले काम गर्ने स्पष्ट पारे । काँग्रेसलाई एकछिन पनि सत्तामा बस्न रहर छैन, हामी सबै कुरा मिलेपछि सरकार छाड्छौँ ।
काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेता सिंहले काँग्रेस संसद्मा जिम्मेवार प्रतिपक्षमा बस्ने उल्लेख गरे । “हामी प्रदेशदेखि केन्द्र सरकारसम्म प्रतिपक्षमा बस्छौँ ।
उनले संविधान कार्यान्वयनका लागि काँग्रेसको सरकारले निर्वाचन गराएको भन्दै अब आर्थिक विकासमा पनि काँग्रेसले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । रासस
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित