बस र ट्रक ठोक्किंदा ४९ जना घाइते, ६ को अवस्था गम्भिर

पुस १, काठमाडौं । धादिङको जोगिमारामा यात्रुबाहक बस र ट्रक एकआपसमा जुधेर भएको दुर्घटनामा ४१ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको छ भने बाँकिको राजमार्ग सामुदायिक अस्पताल मलेखु र प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाका अनुसार टीकापुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख ४४२० न को बस र विपरीत दिसातर्फ जाँदै गरेको ना ४ ख १६७४ न को ट्रक एक आपसमा सडकमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनापछि राजमार्ग केहीबेर अवरुद्ध भएको थियो । अहिले एकातर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *