देवी देउताका मुर्तिसहितको गुफा फेला

२०७४ जेठ १५ गते

“
पुष १, काठमाडौं । सिगास गाउँपालिका गाँजरीमा देवीदेवताका मूर्तिसहितको एउटा नयाँ गुफा फेला परेको छ ।
सिगास गाउँपालिका–१ पानीफुट्टाको धारमा स्थानीय उज्ज्वलराम विकले नयाँ घर बनाउन ढुंगा निकाल्ने बेला शुक्रबार उक्त गुफा फेला परेको गाँजरी प्रहरी चौकीका इञ्चार्ज जनकबहादुर धामीले जानकारी दिए । उनले भने “त्यसमा अद्भूत कलात्मक ढुंगा कुदिएको पाइएको छ ।”
दश फिट जति लामो गुफाभित्र विभिन्न देवीदेवताका मूर्ति पनि छन् । धेरै पहिला गुफा फेला परेको उक्त ठाउँमा राति बत्ती बलेको जस्तो देखिने तर दिउँसो केही पनि नदेखिने गरेको बूढापाखाको भनाइ रहेको स्थानीय बासिन्दा गोकर्ण दयालले बताए । गुफा हेर्न स्थानीय बासिन्दाको भीड लागेको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित