चितवनमा चुनाव मैझारो, एमाले बन्यो ‘विनर’

किशोर खनाल

भरतपुर,मंसिर २९। चितवनमा प्रतिनिधि र प्रदेश सभाको चुनावको मैझारो भएको छ । चितवनको प्रतिनिधितर्फ ३ र प्रदेशतर्फको ६ वटा क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकको मत परिणाम सार्वजनिक भएसँगै चुनावको मैझारो भएको हो ।

प्रत्यक्षतर्फ सबै ९ वटा क्षेत्रमा वाम गठबन्धनले जितेको छ । समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल बनेको छ । प्रत्यक्षबाट प्रतिनिधि सभामा एमालेका २ उम्मेदवार र माओवादी केन्द्रबाट १ उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनका उम्मेदवारले प्रत्यक्षतर्फका सबै सिटमा जितेका छन् । सबै सिटमा लोकतान्त्रिक गठबन्धन निकटतम प्रतिद्वन्द्वी भएको छ ।

 

चितवनमा चुनावको मैझारो भएपछि निर्वाचन अधिकृतहरुको समूहले चितवन मावि छोडेका छन् । समानुपातिकको मत परिणाम सार्वजनिकपछि मतदान अधिकृतहरुले गणनास्थल छोडेका हुन् । यसपटकको चुनावमा चितवन माविमा मत गणना भएको थियो । स्थानीय तहमा भरतपुरको कभर्ड हलमा मत गणना भएको थियो ।

समानुपातिकको प्रदेश तथा प्रतिनिधि सभाको मतगणनाअनुसार नेकपा एमाले चितवनमा पहिलो भएको छ । दोस्रो नेपाली कांग्रेस भएको छ । तेस्रो दल माओवादी केन्द्र भएको छ । चौथो दल विवेकशील साझा पाटी भएको छ ।

समानुपातिकमा एमालेले प्रतिनिधि सभातर्फ ९१ हजार ५०४ मत ल्याएर जिल्लामा पहिलो दल बनेको छ । त्यस्तै प्रदेश सभातर्फ ८७ हजार ४१३ मत प्राप्त गरेको छ । दोस्रो दल बनेको नेपाली काँग्रेसले समानुपातिकको प्रतिनिधि सभातर्फ ७९ हजार ५४४ मत ल्याएको छ । प्रदेश सभातर्फ ७५ हजार ३६० मत प्राप्त गरेको छ । यसैगरी तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ । उसले प्रतिनिधि सभातर्फ ३९ हजार ८१३ मत प्राप्त गरेको छ । प्रदेश सभा तर्फ ४० हजार ६८७ मत ल्याएको छ ।

विवेकशील साझा पाटी चौथो दल बनेको छ । विवेकशील साझा पार्टीले प्रतिनिधि सभातर्फ ९ हजार ५२० मत ल्याएको छ । प्रदेश सभातर्फ ९ हजार २५२ मत प्राप्त गरेको छ । चितवनमा पाँचौ दलको रुपमा राप्रपा (प्रजातान्त्रिक) आएको छ । राप्रपा (प्रजातान्त्रिक) ले ६ हजार ३६१ मत ल्याएको छ । प्रदेशतर्फ ६ हजार ९ सय मत ल्याएको छ ।

चितवनको ३ प्रतिनिधि र ६ प्रदेश सभाको निर्वाचनमा ५२ हजार ४२२ मत बदर भएको छ । समानुपातिकको प्रदेश सभातर्फमात्र जिल्लाभरि २४ हजार १०७ मद बदर भएको थियो । समानुपातिकको प्रतिनिधि सभातर्फ १५ हजार ३९० मत बदर भएको छ । प्रत्यक्षतर्फको प्रतिनिधि र प्रदेश सभातर्फ २८ हजार ३१५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पढ्नुहोस्,तीन क्षेत्रमा कति मत सदर र बदर भयो ?

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ चितवन क्षेत्र नम्बर १ मा ८९ हजार ७५२ मतमध्ये १ हजार ८४८ मत बदर भएको निर्वाचन अधिकृत परमेश्वर पराजुलीले जानकारी दिए । जसअन्र्तगत ८७ हजार ९०४ मत सदर खसेको थियो । उक्त क्षेत्रमा एक लाख १९ हजार ९९८ मतदाता रहेका छन् ।

त्यस्तै,क्षेत्र १ को प्रदेश १ मा ४० हजार ९४३ मत खस्दा ८२१ मत बदर भएको थियो भने ४० हजार १२२ मत सदर खसेको थियो । सो क्षेत्रमा कूल मतदाता भने ५५ हजार ५४४ थिए । क्षेत्र १ को प्रदेश २ मा ६४ हजार ४५४ मतदातामध्ये ४८ हजार ८४९ जनाले मतदान गरेका थिए । जसमध्ये १ हजार ४७ मत बदर भएको निर्वाचन अधिकृतले जानकारी गर्रा । ४७ हजार ८०२ मत भने सदर रहेको छ ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ मा १ लाख ८ हजार २१५ मतदातामध्ये ७७ हजार ३६६ मत खसेको थियो । तर,७४ हजार ९३१ मत सदर हुँदा २ हजार ४३५ मत बदर हुन गएको थियो । क्षेत्र २ को प्रदेश १ मा भने १ हजार ३१ मत बदर हुन गयो । जसमध्ये ३७ हजार ६४८ मत सदर भयो । सो क्षेत्रमा कूल ३८ हजार ६७९ मत खसेको थियो । क्षेत्र नम्बर–२ को प्रदेश २ मा ९७३ मत बदर हुन गयो । सो क्षेत्रमा कूल ३८ हजार ५२० मत खस्दा ३७ हजार ५८४ मत सदर भयो ।

उता,क्षेत्र ३ मा १ लाख २५ हजार ८२३ मतदातामध्ये ९३ हजार ८१३ मत मात्र खस्यो । जसमध्ये ९० हजार २९३ मत सदर भयो भने ३ हजार ५२० मत बदर भयो । यसरी तीनै क्षेत्रको तुलना गर्दा सबैभन्दा बढी मत बदर क्षेत्र नम्बर ३ मा भएको छ ।  क्षेत्र १ को प्रदेश १ मा ५० हजार २५१ मत खसेकोमा ११ सय ७७ मत बदर भयो । यस क्षेत्रमा ६८ हजार ३६२ मतदातामध्ये ४९ हजार ७४ मत सदर भयो । क्षेत्र १ को प्रदेश २ मा ५७ हजार ४६१ मतदाता भएकोमा ४३ हजार ५२४ मत खस्यो । १ हजार ६ मत बदर भयो । ४२ हजार ५१८ मत सदर भएको थियो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *