धन्यवाद ! मात्रै दिने कि काम पनि गर्ने ?

विष्णु जोशी

धनगढी,मङ्सिर २९ । केही दिनअघिसम्म भोट माग्न घर्दैलो कार्यक्रम मा व्यस्त रहेका कैलालीका विभिन्न क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरु अहिले मतदातालाई धन्यवाद दिन जनताका घरदैलोमा व्यस्त छन्।

कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका सांसद तथा माओवादीको केन्द्रीय सचिवालय सदस्य नेता लेखराज भट्टले कैलाली को पहाडी क्षेत्र सहजपुर क्षेत्रमा मतदातालाई धन्यवाद दिने कार्यक्रम मा बय्स्त छ्न । सोही क्षेत्रको प्रदेश १ बाट निर्वाचित एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारी भने मसुरिया र चौमाला क्षेत्रमा मतदातासंग भेटघाट गरिरहेका छन् । उनले हिजो र आज पनि गोदावरी र गौरीगंगा नगरपालिकामा मतदातासंग विजयको भएको खुसी साटेका थिए ।

 

क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका सांसद गौरीशंकर चौधरी, प्रदेश १ का विमान चौधरी र प्रदेश २ का अमर साउद पनि मतदातासंग खुसी साट्दैमा ब्यत छन् । आफूले कैलारी र भजनीमा जनतासँग भेटिरहेको सांसद चौधरीले बताए । क्षेत्र नम्बर २ तीनै जना सांसद पनि आजदेखि आफ्नो क्षेत्रमा मतदातासंगै सुखीयाली बाँडिरहेका छन् । क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सांसद तथा एमालेका वैकल्पीक केन्द्रीय सदस्य झपट रावल, प्रदेशसभाका सांसदहरु रतन थापा र राजेन्द्र थापाको टोली आज मात्रै आफ्नो क्षेत्रमा पुगेको छ ।

सबैभन्दा पहिले निर्वाचन परिणाम आएको कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका सांसद तथा एमालेका वैकल्पीक केन्द्रीय सदस्य नारदमुनी राना र प्रदेश नम्बर -१ का सांसद नेपाल चौधरीले पनि फुलबारी लगायतका क्षेत्रमा मतदाता सङ भेटघाट गरिहरेका जानकारी प्राप्त भएको छ।

एमाले अध्यक्ष तथा क्षेत्र नम्बर ४ प्रदेश १ का सांसाद सोडारी मतदाता भेटघाटमा जनताले चुनावताका दिएका आश्वासन पुरा गर्न आग्रह गरेको बताउछन् । कैलालीमा नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्यमा निर्वाचित कैलाली क्षेत्र नम्बर १ प्रदेश १ का डाक्टर रणबहादुर रावल र क्षेत्र नम्बर ५ को १ का डिल्लीराज पन्त आफ्नो क्षेत्रका मतदातालाई भेट्न तथा धन्यवाद दिन व्यस्त रहेका छन् ।

चुनाव नतिजा घोषणा भएको भोलीपल्टदेखि नै प्रदेश सभा सदस्य डाक्टर रावलले हरेक दिन बिहानदेखि नै मतदाताकहाँ पुग्ने र धन्यवाद दिने गरिरहेका छन् । त्यस्तै, क्षेत्र नम्बर ५ ख का प्रदेश सभा सदस्य पन्तले आफ्नो चुनाव क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिकाका सबै आठ वडाका प्रत्येक टोलमा गएर मतदातालाई धन्यवाद ज्ञापन गरिरहेका छन् । उनले आफूले सकेसम्म सबै टोलमा गएर मतदानका लागि धन्यवाद ज्ञापन गर्नुका साथै आगामी दिनमा गर्नुपर्ने कामका बारेमा छलफल समेत गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =