समानुपातिक तर्फको मत गणना जारी, एमालेको अग्रता कायमै 

काठमाडौं, मंसिर २९ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव अन्तर्गत समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेको अग्रता कायमै छ । निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार एमाले २९ लाख ४१ हजार ३ सय ४७ मतका साथ एमाले पहिलो स्थानमा छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २८ लाख ५९ हजार ३ सय २९ मत पाएको छ । त्यस्तै प्रत्यक्ष तर्फ दोस्रो दल बनेको माओवादी केन्द्रले भने एमाले र कांग्रेसको तुलनामा निकै थोरै मत ल्याएको छ । समानुपातिक तर्फ तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले अहिलेसम्म ११ लाख ८३ हजार ८ सय ७८ मत ल्याएको छ । चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले चार लाख १६ हजार ५८ सय ७९ मत पाएको छ ।

त्यसैगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले तीन लाख ७९ हजार ६ सय दश मत ल्याएको छ र उ पाचौं स्थानमा छ । अहिलेसम्मको मत गणना अनुसार एमाले, कांग्रेस, माओवादी केन्द्र, संघिय समाजबादी फोरम र राजपा मात्रै राष्ट्रिय दल बन्ने छन् । समानुपातिकमा विवेकशील साझाले एक लाख ९७ हजार २६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक लाख ८८ हजार एक सय ८३, नयाँ शक्ति पार्टी नेपालले ७५ हजार ४ सय ८६ र राप्रपा (प्रजातान्त्रिक) ले ७४ हजार १ सय ४७ मत ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =