बन्यजन्तुबाट हुने क्षतीपूर्ती उपलब्ध गराउन राहत कोष स्थापना

बाँके २३ । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले मानव र बन्यजन्तु बीचको द्धन्द न्यूनिकरण गर्दै बन्यजन्तुबाट हुने क्षतीपूर्ती उपलब्ध गराउन राहत कोष निर्माण गरेको छ । स्थानीय सरोकारवालाहरुको सहयोगमा कोष स्थापना गरिएको हो ।
Displaying vlcsnap-0079-06-24-04h34m57s580.png
देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिबाट ३२ हजार, रारा मधु मध्यवर्ती समुहबाट १५ हजार, बृन्द मध्यवर्ती समुहबाट रु १५ हजार, सिता देउराली मध्यवर्ती समुहबाट रु २ हजार, गाभर भ्याली समुदायिक होम स्टेबाट रु ५ हजार, रारा रानी मध्यवर्ती समुहबाट रु. २ हजार, देउराली जनएकता मध्यवर्ती समुहबाट रु. १० हजार, नव प्रतिभा वनबाट रु. २ हजार, रारा डाँफे मध्यवर्ती समुहबाट रु. २ हजार, रारा मधुवनबाट रु. ५ हजार, बृन्दा वनबाट रु.५ हजार, रारा डाँफे वनबाट रु. ५ हजार र धन माया विष्टबाट रु २ हजार नगद गरी जम्मा १ लाख २ हजार रुपैया सहयोग प्राप्त भएको समितिका अध्यक्ष कृष्ण बहादुर चौधरीले जानकारी दिए ।
Displaying vlcsnap-0707-07-04-22h54m29s372.png
बाँके राष्ट्रिय निकुञ्ज स्थापना पश्चात बन्यजन्तुको संख्या बृदि भएसँगै मध्यवर्तीका कृषकहरु प्रभावित भएका कारण राहत कोष स्थापना गरी क्षतीपूर्ती प्रदान गर्न कोष स्थापना गरिएको समितिका अध्यक्ष चौधरीले जानकारी दिए । समितिले राहतकोष क्रमिक रुपमा बृद्धि गर्दै जाने समितिका कोषाध्यक्ष धनमाया विष्टले बताईन् । कोष बृद्धिका लागि बाँके राष्ट्रिय निकुञ्ज, मध्यवर्ती ब्यवस्थापन समिति, नेपाल राष्ट्रिय प्रकृति संरक्षण कोष, जुवलोकिल सोसाईटी फल लण्डन (जेडएसएल नेपाल), तराई भूपरिधि कार्यक्रम लगायतका निकायसँग सहयोग माग गर्ने समितिका अध्यक्ष कृष्ण बहादुर चौधरीले बताउनुभयो ।

 Displaying vlcsnap-2466-02-16-17h34m43s361.png
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 19 =