प्रेसरकुकर बम विस्फोट हुँदा एक घाइते

मंसिर २८ , लहान । लहान लहानस्थित शहीद चोकमा आज दिउँसो बम विस्फोट हुँदा एक व्यक्ति घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानको शहीद रमेश चोक नजिक साइकलमा राखिएको प्रेसरकुकर बम दिउँसो २ बजेतिर विस्फोट हुँदा सप्तरीको खडक नगरपालिका–२ निवासी ४५ वर्षीय परमेश्वर चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिए ।

हात र पिठ्यूँमा गम्भीर चोट लागेको चौधरीको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

घटनास्थलबाट जनतान्त्रिक तराईमुक्ति मोर्चा (क्रान्तिकारी) को पम्प्लेट फेला परेको प्रहरी निरीक्षक राउतले बताए । बम विस्फोटका सम्बन्धमा प्रहरीबाट अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *