आठ राउण्ड गोलीसहित तीन थान पेस्तोल फेला
२०७४ जेठ १५ गते

“
मंसिर २८, इलाम । निर्वाचन सकिएलगत्तै इलाममा तीन थान बेवारिसे पेस्तोल फेला परेको छ ।इलाम नगरपालिका–८ तिल्केनीस्थित गोरेटो बाटोको भित्तामा बेवारिसे अवस्थामा हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
स्थानीयवासीले जिल्ला प्रहरी कार्यालय इलाममा जानकारी दिएपछि प्रहरी नायब उपरीक्षक रमेश बस्नेतको कमाण्डमा खटिएका टोलीले तीन थान इन्डियन पेस्तोल र आठ राउण्ड गोलीसमेत फेला पारेको प्रहरीले जनाएको छ ।
निर्वाचनमा कडाइ गरिएपछि कसैले बेबारिसे अवस्थामा पेस्तोल र गोली छोडेको हुन सक्ने प्रहरीको अनुमान छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








