विश्वकप छनोटका लागि १८ सदस्यीय टोलीको घोषणा

काठमाडौँ – आगामी जुलाई महिनामा सिंगापुरमा हुने आइसीसी यू-१९ विश्वकप २०१८ को छनोटका लागि १८ सदस्यीय टोलीको घोषणा भएको छ । प्रतियोगिता जानु अघि टोलीबाट १४ खेलाडीलाई अन्तिम टोलीमा समेटिने छ भने ४ खेलाडी वैकल्पिकका रुपमा रहनेछन् ।

४ टोलीको सहभगिता रहने उक्त प्रतियोगिता १६ देखि २५ जुलाई सम्म सिंगापुरमा खेलिनेछ । नेपालसँगै अफगानीस्तान. मलेसिया र आयोजक सिंगापुरले विश्वकपको १ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

४० सदस्यीय प्रारम्भिक टोलीको छनोट गतवर्ष सम्पन्न ट्यालेन्ट हन्ट, सुपर लिग खेलका साथसाथै नेपालमा आयोजित राष्ट्रिय खेलकुद र अन्य प्रतियोगिताको आधारमा गरिएको थियो भने त्यसपछि भएको सुपर लिग खेलका आधारमा १८ खेलाडी छानिएका हुन् ।

छनोट कमिटीमा आइसीसी एसियाका चिफ डेभेलप्मेन्ट अफिसर भेन्कटपति राजु, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र यू-१९ टोलीका मुख्य प्रशिक्षक बिनोद कुमार दास रहेका छन् । यू-१९ टोलीको प्रशिक्षण सोमबार देखि सुरु हुनेछ ।

राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख लगायतका खेलाडी १८ सदस्यीय प्रारम्भिक टोलीमा अटाएका छन्।

१. सन्दिप लामिछाने
२. अनिल कुमार साह
३. किशोर महतो
४. सुशान्त सिंह थापा
५. विक्रम कुमार भुसाल
६. प्रकाश केसी
७. पवन शर्राफ
८. सन्दिप जोरा
९. रिजन ढकाल
१०. प्रनित थापा मगर
११. साहब आलम
१२. रसिद खान
१३. आशिफ शेख
१४. सन्दिप सुनार
१५. ललित नारायण राजबंशी
१६. रोहित कुमार पौडेल
१७. आदील खान
१८. दिपेन्द्र सिंह ऐरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *