पराजयसँगै नेपाली कांग्रेस भित्र नेतृत्व माथि टिका टिप्पणी शुरु


“
काठमाडौं, मंसिर २८ । निर्वाचनमा भोगेको पराजयसँगै नेपाली कांग्रेस भित्र नेतृत्व माथि टिका टिप्पणी शुरु भएको कतिपय युवा नेताहरुले कांग्रेसको पराजयको जिम्मेवारी शिर्ष नेताहरुले लिनुपर्ने बताएका छन् । तर शिर्ष तहका नेताहरुले पराजयकै कारण नेतृत्वको आलोचना गर्नु उपर्युक्त नभएको बताएका छन् ।
कांग्रेस नेता आनन्द प्रसाद ढुंगानाले हार जित स्वभाविक भएकाले नेतृत्व परिवर्तनको कुरा उठाउनु सान्दर्भिक नभएको बताउनुभयो । कांग्रेस भित्र केहि कमिकमजोरी रहेपनि, छलफल गरि व्यवस्थापन गरेर जान सकिने उहाँले बताउनुभयो । तर कांग्रेस नेता धनराज गुरुङले शिर्ष नेताहरुले आफ्नो कार्यशैली बारे समिक्षा गर्दै दोस्रो पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने सहि समयको आएको बताउनुभएको छ ।
सरकारको नेतृत्व गरिरहेको दलको यति ठुलो पराजय स्वभाविक नभएकाले नेतृत्व माथि प्रश्न उठ्ने उहाँले बताउनुभयो । उहाँले कांग्रेसको अब युवा नेताको काँधमा आउनु पर्ने समेत बताउनुभयो ।
“
