कांग्रेसका नेता जोशीको आज अन्त्येष्टि गरिदै

काठमाडौं, असार ३० । नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री रामहरि जोशीको आज अन्त्येष्टि गरिदैछ । हिजो उहाँको उपचारका क्रममा निधन भएको थियो ।

ग्राण्डी अस्पतालमा दम र निमोनियाको उपचार गराइरहनुभएका नेता जोशीको हिजो साँझ निधन भएको हो । घरको शौचालयमा लडेर चोट लागेपछि उहाँलाई यही असार २१ गते अस्पताल भर्ना गरिएको थियो । नेता जोशीको आज बिहान आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

उहाँको पार्थिव शरीरलाई बिहान १० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ । त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ । सर्लाही स्थायी घर भएका नेता ललितपुरको नख्खीपोटमा आफन्तका घरमा बस्दै आउनु भएको थियो ।

वि.सं १९८३ मा सर्लाहीमा जन्मिनुभएका नेता जोशी नेपाली राजनीतिमा गान्धीवादी र समाजवादी नेताका रुपमा परिचित हुनुहुन्छ । कांग्रेसमा हालका नेतामध्ये उहाँ सबैभन्दा पाका नेताका रुपमा हुनुहुन्थ्यो । जोशी वि.सं. २०४८ को गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत हुनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *