जनप्रतिनिधिलाई चाँदीको मुकुट र ५१ किलोको माला

मंसिर २७, वीरगन्ज । पर्सा क्षेत्र नं १ बाट प्रतिनिधि र प्रदेशसभा सदस्यमा निर्वाचित सांसदहलाई बरिरगञ्जवासीले चाँदीको मुकुट र ५१ किलोको माला लगार्इदिएर स्वागत गरेका छन् ।

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीको निवासबाट बुधबार निकालिएको विजय जुलुमा पर्सा–१ बाट विजयी प्रदीप यादव, प्रदेशसभा सदस्य लालबाबु राउत र जनत अन्सारीलाई स्वागत गर्दै स्थानीयले चाँदीको मुकुट र ५१ केजीको माला लगाइदिएका हुन् ।

देशकै व्यापारी केन्द्र र प्रदेश नं २ को औद्योगिक नगरी पर्साका प्रतिनिधिसभा सदस्यका चारवटै निर्वाचन क्षेत्रहरुमा मधेसी गठबन्धनले विजय हात पारेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको ‘गढ’ मानिने पर्साका चारओटै क्षेत्रमा मधेसी गठबन्धनले कांग्रेस र वाम गठबन्धनलाई हराएको हो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *