फेरि,आयो समानुपातिकतर्फको ताजा मत परिणाम : सूर्यलाई पछ्याउने रुख र हसियाँ, देब्रे आँखाहरुको गन्ति मात्रै

काठमाडौ,मंसिर २७ । पहिलो र दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभाको मत परिणाम सकिएसँगै केही सुनसान छाएको छ । तर, समानुपातिकतर्फको मत परिणाम भने आउन बाँकी नै रहेको छ । प्रतिनिधि र प्रदेश सभाका दुवै निर्वाचनमा एमालेले आफ्नो शक्ति प्रदर्शन गर्दा समानुपातिकतर्फ पनि उसैगरि अघि बढिरहेको छ ।

 

हालसम्म प्राप्त मत परिणामअनुसार एमालेले २२२५३०९ प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेर पछ्याउदै गरेको नेपाली काँग्रेसले २१३९२१० प्राप्त गरेको छ । त्यस्तै, दोब्बर भन्दा बेसी मतले माओवादी केन्द्र दुई दलभन्दा मुनी रहेको छ । उसले ८७३४९८ प्राप्त गरेको छ । यसैगरि चौथो स्थानमा रहेको मसालले २८७६३० प्राप्त गरेको छ ।

पाँचौ स्थानमा राजपाको छाताले २३०६९४ मत प्राप्त गर्दा राप्रपाले १४८२८५ मत प्राप्त गरेको छ भने विवेकशिल साझाले १४५५२९ मत,नयाँ शक्ति नेपालको देब्रे आँखाले ६१५७६ मत, राप्रपा प्रजातान्त्रिकको हलोले ५०९३०, राजमोको गिलासले ३७५२२ र अन्य साना दलहरुले २१९०३५ मत प्राप्त गरेका छन् । क्रल एक करोड ५ लाख ८७ हजार५२१ मध्ये हालसम्म ६४ँ लाख १९ हजार २१८ मत गणना भइसकेको छ । ४१ लाख ६८ हजार ३०३ मत गणना अझै बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *