वैदेशिक रोजगार विभागको महानिर्देशकमा श्रेष्ठ

मंसिर २७, काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकमा राजकुमार श्रेष्ठ नियुक्त भएका छन् । श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरले नयाँ महानिर्देशकको व्यवस्था नभएको अवधिसम्मको लागि सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्रेष्ठलाई महानिर्देशकको रूपमा नियुक्त गरिएको जानकारी दिए । उनले सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकको समेत भुमिका सम्हाल्ने छन् ।

स्वच्छ छवीका प्रशासकको रूपमा चिनिने श्रेष्ठले नियमअुनसार मात्रै आफूले काम गर्ने बताएका छन् । श्रेष्ठले वैदेशिक रोजगार विभागको बिग्रिएको छवी सुर्धान आफ्नो भुमिका रहने बताए । विभागको तत्कालिन महानिर्देशकलाई भष्ट्राचारको आरोपमा गत कात्तिक २९ गते अख्तियार दूरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेपछि विभाग महानिर्देशकविहिन बन्न पुगेको थियो ।

मन्त्री मन्सुर प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव प्रचारप्रसारको लागि गृह जिल्ला बारामा लामो समय व्यस्त रहेको कारण नयाँ महानिर्देशक नियुक्त हुन ढिला भएको थियो ।

महनिर्देशकको अभावमा विभागको निर्णय तहको काम–कारवाहीहरू प्रभावित हुन पुगेको थियो । विशेष गरी म्यानपावरहरूलाई रोक्का राख्ने तथा फुकुवा गर्ने लगायतका कामकारवाही महानिर्देशकको मातहतमा पर्ने भएकाले त्यस्ता काम–कारवाहीहरू लामो समयसम्म अड्किएर बसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *