सुनसरी ३ मा गच्छदार चौधरी भन्दा ५५२ मतले अगाडि

२०७४ जेठ १५ गते

“
सुनसरी, मंसिर २७ । सुनसरी क्षेत्र नं ३ को पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदार अगाडि हुनुभएको छ । मतगणना शुरु भएदेखि पछाडि रहँदै आउनुभएका गच्छदार आज अगाडि हुनुभएको हो । अहिलेभर्खरै सार्वजनिक भएको पछिल्लो मत परिणामअनुसार गच्छदार ५५२ मतले अगाडि हुनुभएको छ ।
पछिल्लो मत परिणामअनुसार कांग्रेसका उम्मेदवार गच्छदारले ३७ हजार ५ सय ७५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भगवती चौधरीले ३७ हजार ५९ मत प्राप्त गर्नुभएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित