धरानमा सुविधा सम्पन्न होटल सञ्चालनमा

भरतराज शर्मा (गोपाल), धरान

पूर्वाञ्चलको पर्यटकीय शहर भएर पनि पर्यटकका लागि सुविधा सम्पन्न होटलहरु नभएको अवस्थामा भर्खरैबाट नयाँ होटल सञ्चालनमा आएको छ ।
धरानका युवा ब्यवसायी लोकबहादुर खापुङले १५ करोडको लागतमा इजि राइडर्स होटल सञ्चालनमा ल्याएका हुन् ।
सुनसरीको सुन्दर नगरी धरानमा खानेपानी हाहाकारको सामाधान तथा पर्यटकलाई लक्षित गर्दै धरान १५ पर्बत टोलमा ईजी राईडर्स होटल सञ्चालनमा आएको छ । संस्थापक चन्द्र बहादुर खापुङले रिबन काटेर उद्घाटन गरेका थिए ।
होटलमा सुविधा सम्पन्न १९ वटा डिलक्स, स्वीट लगायतका रुमहरु र २ वटा पार्टी हल र पार्किङको बिशेष सुबिधा रहेको छ । धरानलाई पर्यटकीय शहर भनेपनि आएका पर्यटकले खोजे जस्तो होटल नभएकोले आफुहरुले पर्यटकको चाहनालाई ध्यानमा राखेर होटल सञ्चालनमा ल्याएको होटलका सञ्चालक खापुङले बताए । उनले युवाहरु विदेशिएको अवस्थामा उनीहरुलाई स्वदेशमै रोजगारी सृजना गरी आत्मनिर्भर बनाउन पनि उद्योगहरु सञ्चालन गरिनुपर्ने बताए ।
बुटिक टाइपको होटलमा पूर्ण एयर कण्डीसन सुविधा, टेलिभिजन, अट्याच वाथरुम, वाईफाई, तातो–चिसो पानी, मिनी वार लगायतका सुविधाहरु रहेका छन् ।
होटलमा रहेका डिलक्स रुमलाई सानो र ठूलो गरी दुई वर्गमा विभाजन गरिएको छ । होटलले सञ्चालनमा आएको अवसर पारी १० देखि २० प्रतिशत छुट दिइने छ । भने, जेठ महिनाभरी हरेक साँझ स्थानीय सांगितिक ब्याण्डहरुद्धारा लाईभ प्रस्तुती दिईने घोषणा गरेको छ ।
इजिराईडर्स कम्पनीले होटलसँगै खानेपानी उद्योग पनि सञ्चालनमा ल्याएको छ । धरानको खानेपानी समस्यालाई दृष्टिगत गरी उच्चस्तरीय खानेपानी उद्योग सञ्चालनमा ल्याईएको हो । खापुुङको एक्लो लगानीमा सञ्चालित कम्पनीमा होटल लगायतका १६ बटा कम्पनीहरु सञ्चालनमा छन् ।
खापुङले धरानको विष्णुपादुकामा ब्यवसायिक रुपमा गाईपालन र कृषि उद्यम सञ्चालन गरेका छन् । धरानमा सुविधासम्पन्न सुनचाँदीको गहना पसल, मनिट्रान्सफर तथा अन्य स्थानहरुमा विभिन्न उद्योग सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 11 =