प्रत्यक्षतर्फ वाम गठबन्धनको दुई तिहाई

काठमाडौं, मंसिर २७ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ नेकपा एमाले र नेकपा माओवादीको संयुक्त वाम गठबन्धनले दुईतिहाई स्थानमा जित हासिल गरेको छ ।

कुल १६५ निर्वाचन क्षेत्रमध्ये सार्वजनिक १६४ स्थानको अन्तिम परिणाममा गठबन्धनले हालसम्म ११६ स्थानमा जित हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेले ८० र माओवादी केन्द्रले ३६ स्थानमा विजय हासिल गरको छ ।

यसैगरी प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ पनि वाम गठबन्धनले दुईतिहाई भन्दा बढी स्थानमा जित हासिल गरेको छ । प्रदेशसभाका कुल ३३० निर्वाचन क्षेत्रमध्ये ३२६ स्थानको अन्तिम परिणाम हेर्दा गठबन्धनले २४१ स्थानमा जित हासिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *