कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, मतदान स्थगित, अश्रुग्यास प्रहार

धनगढी, असार १४ । बझाङ जिल्ला सदरमुकाम जयपृथ्वी नगरपालिका–३ को पाण्डु मावि मतदान केन्द्रमा मतदानकाक्रममा दुई पक्षबीच झडप भएको छ । झडपसँगै स्थिति तनावपूर्ण बनेपछि सो मतदान केन्द्रमा अहिले मतदान स्थगन गरिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्र देउजाले बताए । झडप किन भएको भन्ने जानकारी हुन सकेको छैन ।

यसैगरी, अछामको बैजनाथ गाउँपालिकाको मतदानकाक्रममा पनि दुई पक्षबीच भएको झडपपछि उक्त मतदान केन्द्रको मतदान स्थगन गरिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच त्यहाँ झडप भएको बताइएको छ ।अछामकै मेल्लेख गाउँपालिकाको नन्देश्वरी मालिगाड मतदान केन्द्रमा पनि झडप भएको छ ।

मतदानस्थल बाहिर एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भइ स्थिति तनावपूर्ण बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड अश्रुग्यास प्रयोग गरेको छ । अहिले सो केन्द्रमा स्थिति सामान्य भइ मतदान पुनः सन्चालन भएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *