शेरधन राईलाई भाग्यले साथ दियो, मात्रै २ भोटले मुख्यमन्त्री बन्ने मौका पाए

बिराटनगर,माघ २६ । शुक्रबार भएको एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएसँगै मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । यसअघि उनी डेन्जर जोनमा रहेको भन्दै चर्चा गरिएपनि उनले त्यसलाई उल्ट्याइदिए ।

चुनावको निक्कै रस्साकस्सीसँगै उनले जित हात पारेका छन् । प्रदेश १ मा मुख्यमन्त्रीको थुपै्र आकांक्षी हुँदाहुँदै उनी संसदीय दलको नेता चुनिएका छन् । संस्थापन पक्षबाट राई र माधवकुमार नेपाल र झलनाथ खनाल समूहबाट भीम आचार्य चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । तर,आचार्यलाई हराउँदै राईले जित हात पारे ।

 

प्रदेश १ को सह संयोजक समेत रहेका राईले २६ मत ल्याउँदा केन्द्रीय सचिव आचार्यले २४ मत पाए । मात्रै दुइ भोटको मतान्तरले राईले आचार्यलाई हराएका हुन् । निर्वाचनमा एक मत भने बदर भएको छ ।

यता, प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा डोरमणिले जित हात पारिसकेका छन् । डोरमणिले प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यलाई हराउँदै जित हासिल गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *