सुनसरी ३ मा दलका प्रतिनिधि नआएपनि मतगणना गर्ने आयोगको निर्णय, कसले मार्ला बाजी ?

मंसिर २६, सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा सोमबार बिहानदेखि अवरुद्ध मतगणना पुनः सुचारु गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ। अर्धकट्टीसहित भेटिएका ९ वटा मतपत्रका बारेमा पछि निर्णय गर्ने र गन्न बाँकी मत गणना गर्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यलय सुनसरीका निर्वाचन अधिकृत भक्तबाहादुर भट्टराईले जानकारी दिए।

मतगणना स्थल जिल्ला समन्वय समिति परिसरमा मतगणना सुरु हुने जानकारीसहित माइकिङ गरिएको छ। दलका प्रतिनिधिहरुलाई सहभागिताका लागि आह्वान गरिसकिएको र उनीहरु सहभागी नभए पनि मत गणना सुचारु गर्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ।

मत पेटिकामा अर्धकट्टीसहितको ९ वटा मतपत्र र २० रुपैयाँको नोट भेटिएपछि त्यहा विवाद भएको हो। विवादका कारण मतगणना अनिश्चित कालका लागि स्थागित भएको थियो।

सुनसरी क्षेत्र नम्बर ३ मा जारी मतगणनामा वाम गठबन्धनका उम्मेदवार चौधरी १ सय ५५ मतले अगाडि छिन्। नेपाली कांग्रेसका उम्मेद्ववार गच्छदारले २९ हजार १ सय सय ७१ मत ल्याएका छन् भने चौधरीको २९ हजार ३ सय २६ मत रहेको छ। अझै २० हजार मत गन्न बाँकी छ”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =