१६ सिट रहेको प्रदेश ७ मा प्रधानमन्त्री देउवा कांग्रेसका एक्ला सांसद

२०७४ जेठ १५ गते

“
मंसिर २६, काठमाडौं । प्रतिनिधि सभामा प्रदेश नम्बर सातबाट प्रधानमन्त्री शेरबहादुर देउवा प्रत्यक्षमा चुनाव जित्ने नेपाली कांग्रेसका एक्ला सांसद हुने भएका छन्। अब प्रदेश ७ मा कैलाली –२ मा मात्र नतिजा आउन बाँकी छ । सो क्षेत्रमा पनि कांग्रेस उम्मेदवार मोहनसिंह राठौर २ हजार मतले पछि छन्।
मंसिर १० र २१ गते भएको चुनावमा सो प्रदेशमा कांग्रेसका अरू सबै उम्मेदवार पराजीत भएका छन्।
प्रदेश नम्बर ७ मा प्रतिनिधि सभाको १६ सिट छन्।
समानुपातिकमा भने सो प्रदेशमा कांग्रेसले एमालेभन्दा केही बढी मत पाएको छ। समानुपातिकको मतगणना जारी छ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित