सरकारले गरेको राजनीतिक नियुक्तिमा एमालेको आपत्ति 

काठमाडौं, मंसिर २६ ।  नेकपा एमालेले कामचलाउ सरकारले बिभिन्न संस्थानमा राजनीतिक नियुक्ति गर्न थालेको भन्दै आपत्ति जनाएको छ । एमालेले शेरवहादुर देउवा सरकारले गरेका पछिल्ला नियुक्ति र निर्णयहरुको निरन्तरता कुनै पनि हालतमा हुन नदिने प्रष्ट पारेको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले सोमबार विज्ञप्ति निकालेर काम चलाउ हैसियतमा सीमित हुन पुगेको सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्तिहरू गरेको र गर्न लागेको विषयप्रति पार्टीको ध्यानाकर्षण भएको बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *