सरकारले गरेको राजनीतिक नियुक्तिमा एमालेको आपत्ति
२०७४ जेठ १५ गते

“
काठमाडौं, मंसिर २६ । नेकपा एमालेले कामचलाउ सरकारले बिभिन्न संस्थानमा राजनीतिक नियुक्ति गर्न थालेको भन्दै आपत्ति जनाएको छ । एमालेले शेरवहादुर देउवा सरकारले गरेका पछिल्ला नियुक्ति र निर्णयहरुको निरन्तरता कुनै पनि हालतमा हुन नदिने प्रष्ट पारेको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले सोमबार विज्ञप्ति निकालेर काम चलाउ हैसियतमा सीमित हुन पुगेको सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्तिहरू गरेको र गर्न लागेको विषयप्रति पार्टीको ध्यानाकर्षण भएको बताउनुभएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








