सिरहा क्षेत्र नं २ मा माओवादी केन्द्रका दास विजयी

२०७४ जेठ १५ गते

“
लहान, २५ मंसिर । सिरहा क्षेत्र नं २ बाट नेकपा (माओवादी केन्द्र) का सुरेशचन्द्र दास प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । दासले आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका शत्रुधन सिंह कोइरीलाई दुई हजार ८८८ मतले पराजित गर्दै निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिनुभयो ।
दासले २० हजार १४८ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी फोरमका कोइरीले १७ हजार २६० मत प्राप्त गर्नुभयो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित