सङ्घर्ष के हो र किन ? जान्न चाहनुहुन्छ ? (भिडियाे सहित)

माघ २२, काठमाडौँ । मानव जीवनमा सुख दुःख एक सिक्काका दुई पाटा हुन् । सुख र दुःखलाई जीवन जिउने कलाका रूपमा समेत लिइन्छ । अहिलेका नयाँ पुस्ताहरूमा सुखलाई जसरी ग्रहण गर्ने क्षमता छ, दुःखमा सङ्घर्ष गर्न सक्ने क्षमता धेरै कम छ । सङ्घर्ष कसरी गर्ने ? र सङ्घर्ष के का लागि गर्ने ? यिनै विषयमा विषयमा एक दिने सेमिनार हुने भएको छ ।

युवाहरू माझ उत्प्रेरक भाषणबाट सकारात्मक सोचको विकास गर्दै आएका युवा व्यक्तित्व रोहित मल्लले विद्यार्थी तथा युवाहरूलाई जीवनका कठिन मोड तथा सङ्घर्षमा कसरी अगाडी बढ्ने विषयमा उत्प्रेरणात्मक प्रवचन दिनेछन् । कार्यक्रम फागुन ११ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा हुनेछ । युवाहरूलाई केही गर्ने प्रेरणा मिलोस् भनेर सङ्घर्षको परिभाषा दिनका लागि कार्यक्रम आयोजना गरिएको आयोजक लिडरशीप कर्नरका युवा स्पीकर रोहित मल्लले बताए ।

क्याम्ब्रिज इन्स्टिच्यूट अफ टेक्नोलोजीको प्रस्तुति रहने कार्यक्रममा युवा विद्यार्थीहरूलाई सङ्घर्षका विविध आयाम प्रस्तुत गरिनेछ । ‘यो कार्यक्रमले विद्यार्थी र युवाहरूलाई सङ्घर्ष गर्न सकारात्मक ऊर्जा प्रदान गर्नेछ । हामीले विश्वका त्यस्ता सङ्घर्षका कथाहरू प्रस्तुत गर्नेछौँ जसलाई सुनेर, हेरेर उनीहरूमा सकारात्मक सोचको विकास हुन्छ ।’ स्पीकर मल्लले बताए ।

कार्यक्रममा सयौँ विद्यार्थी तथा युवाहरूको सहभागिता हुनेछ । ‘अहिलेको पिढिँमा जीवन जिउने कलाको अभाव छ, सङ्घर्ष गर्ने कुरामा अझ पछि परेका छन्, सानोतिनो कठिनाइबाट समेत हतास भएको पाउँछौँ, यो कार्यक्रमले त्यस्ता विद्यार्थी तथा युवाहरूमा ऊर्जा भर्ने काम गर्नेछ भन्ने विश्वास लिएका छौँ ।’ कार्यक्रमका प्रस्तुतकर्ता रहेका क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक शिशिर सिंखडाले बताए । ‘रोएर पाइने भनेको पापा मात्रै हो, सफलताका लागी त सङ्घर्ष चाहिन्छ’ यही भनाइका साथ युवाहरू माझ लोकप्रिय रहेका मल्लले सङ्घर्षबाट कसरी सफलता हासिल गर्ने भन्ने विषयमा प्रवचन दिनेछन् ।

कार्यक्रममा सहभागी हुनका लागि विद्यार्थीले रु १ सय र अन्यले रु १ सय ५० रुपैंया तिर्नुपर्नेछ । ‘हामीले यो कार्यक्रम विद्यार्थीलाई लक्षित गरेर बनाएकाले सकेसम्म धेरै विद्यार्थीको सहभागिता होस् भन्ने चाहेका छौँ ।’ मल्लले भने । उनका अनुसार कार्यक्रम युवालाई लक्षित गरिएकोले कक्षा १२ अध्ययन गर्दै गरेका, ब्याचलर तथा मास्टर्स गरेकाहरुलाई समेत उत्तिकै प्रभावकारी हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *