रायमाझीले ‘ह्याट्रिक’ गर्दा डा. रामबहादुर उत्तानो परे !


“
अर्घाखाँची मंसिर २५ । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रतिनिधिसभा निर्वाचनमा ‘ह्याट्रिक’ गरेर देखाएका छन् ।
एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको अर्घाखाँची जिल्लामा वाम गठबन्धनका उम्मेदवार रायमाझीले १८ हजार ४०० को फराकिलो मत अन्तरले जीत हात पारेका छन् । उनले २०६४, २०७० र अहिलेसमेत गरी लगातार तीन पटक जीत हात पारेका हुन् ।
रायमाझी ५० हजार ३८५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिष्पर्धी नेपाली काँग्रेसका डा.रामबहादुर बिसीले ३१ हजार ९४१ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ८९ हजार २४० मत खसेकामा तीन हजार १५० मत बदर भएको छ ।
माओवादी नेता रायमाझीले २०६४ सालमा काँग्रेसका मानबहादुर विक र २०७० सालमा डा बिसीलाई नै हराएका थिए । प्रदेशसभातर्फ पनि दुई वटै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । दुवै क्षेत्रको मत परिणाम केही बेरमै आउनेछ ।
“
