काठमाडौँ–१ मा समानुपातिक तर्फ कांग्रेस अगाडि
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौँ, २५ मंसिर। काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा समानुपातिकतर्फको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसले नौ हजार १२१ मत पाएको छ ।
सो क्षेत्रमा नेकपा (एमाले) भन्दा विवेकशील साझा पार्टीले बढी मत पाएको छ । काठमाडौका मुख्य निर्वाचन अधिकृत नरेशराज पोखरेलका अनुसार विवेकशील साझाले छ हजार ९११ र एमालेले छ हजार ५०८ मत पाएका छन् ।
यसैगरी नेकपा (माओवादी केन्द्र)ले एक हजार ६८० मत प्राप्त गरेको छ । कुल २८ हजार २४६ मतमा ८५९ मत बदर भएको थियो । अहिले निर्वाचन क्षेत्र ५ बाहेक सबै क्षेत्रको समानुपातिकतर्फको मतगणना भइरहेको छ । मुख्य निर्वाचन अधिकृत पोखरेलले बुधबारसम्म काठमाडौँका सवै निर्वाचन क्षेत्रको समानुपातिकतर्फको मतपरिणाम आउने बताए ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित