महोत्तरी–४ मा फोरमका यादव विजयी

मंसिर २५, गौशाला ।  महोत्तरी क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका डा.सुरेन्द्र यादव विजयी भएका छन् ।

आज सार्वजनिक भएको मतपरिणमानुसार डा.यादवले १८ हजार ३ सय ५३ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्रकुमार रायले १३ हजार २५ मत ल्याएका छन् । यस क्षेत्रको प्रदेशसभातर्फ दुवैको नजिता यसअघि नै आइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *