मुलुक बाममय बन्दा प्रेम सुवालले नाराणमान विजुक्छेको बिडो थामे !

काठमाडौं, मंसिर २५ । भक्तपुर क्षेत्र नम्बर–१ मा नेमकिपा (नेपाल मजदुर किसान पार्टी) उत्तराधिकारीका रुपमा प्रेम सुवाल उदाएका छन् । देशभर बाम गठबन्धनको लहर छाइरहदा अध्यक्ष नाराणमान विजुक्छेको बिडो उनले थाम्ने भएका छन् ।

 

देशमा वामपन्थी र लोकतान्त्रिक गठबन्धनले जित हासिल गर्दा भक्तपुर क्षेत्र नम्बर–१ मा सुवालले विजुक्छेको शिर उच्च पारेका छन् । त्यहाँ वाम र लोकतान्त्रिक गठबन्धले कुनै पनि असर पारेको छैन । दुवै गठबन्धनलाई तोड्दै सुवाल १५ हजार बढी मतान्तरले विजयी भएका छन् ।

बाम गठबन्धनबाट माओवादीका मिलन सुवाल र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका साझा उम्मेद्वार बाबुराज जोशीलाई भारी मतले पछि पार्दै सुवालले दुवैलाई पछारेका छन् । प्रेम सुवालले ३३ हजार ०७६ मत ल्याउँदा । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत र माओवादीका मिलन सुवालले १५ हजार ३७४ मत मात्रै पाउन सफल भए ।

तर,भक्तपुर क्षेत्र नं १ को प्रदेश ‘क’ मा बाम गठबन्धनका शरिशरण लामिछानेलेृ विजयी हासिल गरेका छन् ।भने ‘ख’ मा नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाईले विजयी भएका छन् । लामिछानेले आफना प्रतिद्धन्द्धी कांग्रेसका जीवन खत्रीलाई पराजित गरेका हुन् । खत्रीले १२ हजार ७ सय ८९ मत पाए भनेर खत्रीले ९ हजार ९ सय ७७ मतमा चित्त बुझाएका छन् ।

यस्तै प्रदेश ‘ख’ मा गोसाईले २३ हजार ८ सय ८५ मत ल्याएर जीत हासिल गरेका छन् । भक्तपुर क्षेत्र नं २ मा बामगठबन्धनका महेश बस्नेतले प्रतिनिधि तथा शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठले प्रदेश सभा सदस्यमा विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *