पहिला सरकार : ओली, पहिला पार्टी एकता : प्रचण्ड

मंसिर २५, काठमाडौं । प्रतिनीधिसभा र प्रदेशसभाको चुनावमा बामगठबन्धनको जितपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच सरकार पहिला बनाउने कि पार्टी एकता भन्ने विषयमा मतभेद देखिएको छ । ओलीले सरकार गठन तुरुन्त आइहालेकाले पहिले सरकार गठन गर्नुपर्ने र पछि पार्टी एकता गर्ने बताएका छन् । भने प्रचण्डले पहिला पार्टी एकता गरेर जानुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री ओली बन्ने निश्चित जस्तै भएपनि एकीकृत पार्टीको नेतृत्व कसले लिने भन्ने विषयमा दुई नेताले दुरी बढाउन सक्ने सम्भावना छ । यि दुइ नेताको फरक–फरक दृष्टिकोणले एमाले र माओवादी पार्टीपंक्ति बिच आशंका बढ्ने देखिएको छ ।

ओलीले एमाले र माओवादीबीचको पार्टी एकताको समयसीमा तोकेका छन् । उनले पार्टी एकताका लागि तीन महिना लाग्ने बताएका छन् । चुनावी गठबन्धनसँगै एमाले र माओवादीबीच पार्टी एकता गरेर अगाडि जाने सहमति बनेको थियो । यद्यपी पार्टी एकताको भविष्यलाई लिएर दुवै पार्टीभित्र केही आशंकाहरु भने कायमै छन् ।

सरकार पहिले कि पार्टी एकता भन्ने विषयमा ओलीले भने ‘सरकार तुरुन्त आइहाल्यो नि । एकताका लागि केही समय लाग्छ । करिव तीन महिना जति ।’

ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष बन्न सक्ने अडकलवाजी भइरहँदा ओलीले भने, ‘हामीबीच त्यस्तो समझदारी भएको छैन। यो एक/दुई नेताले निर्णय गर्ने विषय पनि होइन। पार्टी एकता भएपछि सबै यसको हकदार हुन्छन्। एकता हुनुभन्दा अगाडि यो कुरा गरियो भने समस्या पैदा गर्छ। त्यसैले हामीले त्यसको चर्चा गर्दैनौं। अर्को अध्यक्ष हुनुपर्‍यो भने दुई पार्टी राखे भइहाल्यो किन एकता गर्नुपर्‍यो र, हामीले अध्यक्ष होइन, एकता खोजेका हौं। पदको कुरै होइन। मिलेर देशलाई अगाडि बढाउन खोजेका हौं। जे आवश्यकता पर्छ पछि छलफलबाट त्यो गर्छौं।’

ओलीले सबै नेताहरुले सान्दर्भिक पद लिएर पार्टी एकता गर्ने बताए । उनले प्रचण्ड वा आफु बाहेक अरु नेता पनि अध्यक्ष बन्न सक्ने सम्भावना औलयाए ‘राजनीतिमा सम्भावना रहन्छ। त्यसलाई नकार्न सकिन्न।’ ओलीले भने ।

तर, यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार गठन अगाडि नै पार्टी एकताका लागि पहल हुने बताएका छन् । उनले भनेका छन् ‘म आज वा भोलि काठमाडौं जान्छु । त्यसपछि पार्टी एकता संयोजनक समितिको वैठक बस्छ । चुनावको नतिजापछि बस्छौँ । संयोजन समितिको वैठक भोलि वा पर्सि हुन्छ । त्यहाँ हामी एकतावारे सल्लाह गर्छौँ ।’

प्रचण्डले जोड दिएका छन् ‘पार्टी एकता सरकार भन्दा अगाडि बनोस् भन्ने मेरो चाहना छ ।’ उनले प्रधानमन्त्री को बन्ने र पार्टी अध्यक्ष को हुने भन्ने बारेमा अगाडी भनेका छन् ‘प्राविधिक हिसावले केही ढिला भएपनि धेरै पछाडि जादिन । जतिसक्दो चाडो हुन्छ । प्रधानमन्त्री को भन्नेवारे औपचारिक निर्णय छैन । दुवै पार्टीका नेता बसेर हल गर्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *