डोटीबाट एमालेका आले विजयी, प्रदेशसभामा माओवादी र कांग्रेसलाई एक–एक सिट

मंसिर, २५ डोटी । बहालबाला भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बिरबहादुर बलायरलाई हराउँदै एमाले नेता प्रेमबहादुर आलेमगर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन ।

मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आले ३२ हजार ५ सय १० मतसहित बिजयी भएका छन । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री बलायरले ३० हजार आठ सय ७८ मत प्राप्त गरे ।

दुई स्थान रहेको प्रदेश सभा सदस्यका लागि बाम गठबन्धन र नेपाली कांग्रेसले एक–एक स्थान हात पारेका छन । प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ मा नेपाली कांग्रेसका भरतबहादुर खड्का बिजयी भए । निवर्तमान सांसद समेत रहेका खड्काले १७ हजार चार सय ६ मतसहित बिजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेद्वार नेकपा एमाले डोटी जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले १६ हजार सात सय ९३ मत प्राप्त गरेका थिए ।

यस्तै प्रदेश सभा ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य त्रिलोचन भट्ट बिजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका योगेन्द्रबहादुर शाहीलाई दुई हजार पाँच सय ९२ मतले पछाडि पारे । भट्टले १० हजार ९१ मत र शाहीले १३ हजार चार सय ९९ प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *