चितवन १ बाट एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे निर्वाचित

चितवन, मंसिर २५ । चितवन निर्वाचन क्षेत्र न‍. १ बाट एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे निर्वाचित भएका छन् । पाण्डेले चीरपरिचित प्रतिद्वन्द्वी राजेन्द्र बुर्लाकोटीलाई १४ हजार ४ सय ४२ मतले पराजित गरेका हुन् ।

पाण्डेले ५० हजार ८ सय ९६ मत प्राप्त गर्दा बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत ल्याए । पाण्डे र बुर्लाकोटीको यो दोस्रो चुनावी भेट हो ।

यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि पाण्डेसँग बुर्लाकोटी पराजित बनेका थिए । साविक चितवन निर्वाचन क्षेत्र नः १ मा रत्ननगर नगरपालिकासमेत गाभिएर बनेको नयाँ क्षेत्रमा प्रतिस्पर्धी दोहोरिएका थिए ।

यसअघि, चितवन निर्वाचन क्षेत्र नः २ बाट एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल निर्वाचित भईसकेका छन् । अब क्षेत्र नः ३ को मात्रै परीणाम आउन बाँकी छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार रहेको यो क्षेत्रको परीणाम भोलिसम्म आउने अपेक्षा गरिएको छ । यो क्षेत्रबाट प्रचण्डको प्रतिस्पर्धीमा कांग्रेसको सर्मथनमा उठेका राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डे छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *