बाँकेमा पनि वाम गठबन्धनकै वर्चश्व (मत परिणामसहित)

बाँके, मंसिर २५ । बाँकेमा प्रतिनिधि सभा र प्रदेश सभा तर्फको सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार बाँकेको ३ क्षेत्र मध्ये २ वटा क्षेत्रमा वाम गठबन्धन र एक क्षेत्रमा संघीय समाजवादी फोरमले जितेको छ ।

प्रतिनिधि सभा क्षेत्र नं. १ मा माओवादी केन्द्रका महेश्वर गहतराज (अथक) विजयी भएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका अथकले ३१ हजार १७३ मत प्राप्त गरे । उनका निकतम प्रतिद्वन्द्वी कांग्रेसका माधवराम खत्रीले २८ हजार २१० मत प्राप्त गरे ।

त्यसैगरि, प्रदेश सभा १ (क) मा पनि माओवादी केन्द्रकी कृष्णा केसी (नमुना) विजयी भइन् । उनले १३ हजार ४३६ मत प्राप्त गरिन् भने उनका निकतम प्रतिद्वन्द्वी कांग्रेसका शरदचन्द्र बर्माले १० हजार २४० मत प्राप्त गरे ।

प्रदेश सभा १ (ख) मा वाम गठबन्धनबाट एमालेकी उम्मेदवार आरती पौडेल विजयी भइन् । उनी १९ हजार ३८९ मत ल्याएर विजयी भएकी हुन् । उनका निकतम प्रतिद्वन्द्वी नारायणप्रसाद गौडेलले १५ हजार २०५ मत प्राप्त गरे ।

प्रतिनिधि सभा क्षेत्र नं. २ मा संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राई विजयी भए । उनले २१ हजार ५ सय ७५ मत पाएर विजयी हुँदा उनका निकतम प्रतिद्वन्द्वी एमालेका पशुपति दयाल मिश्रले १५ हजार ९५१ मत प्राप्त गरे ।

त्यसैगरि, प्रदेश सभा २ (क) मा संघीय समाजवादी फोरमका विजयबहादुर यादव विजयी भए । उनले ११ हजार ५७४ मत पाएर विजयी भए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका निरन्जन सिंह सिजापति ७ हजार ७५१ मत मै सिमित भए ।

क्षेत्र नं. २ प्रदेश सभा (ख) मा भने कांग्रेसका उम्मेदवार सुरेन्द्रबहादुर हमाल विजयी भए । उनले संघीय समाजवादी फोरमका उम्मेदवार दुर्गेस गुप्तालाई ७७९ मत अन्तरले पराजित गरे । हमालले ९ हजार २११ र गुप्ताले ८ हजार ४३२ मत प्राप्त गरे ।

प्रतिनिधि सभा क्षेत्र नं. ३ मा एमालेका नन्दलाल रोकाय विजयी भए । पाका कम्यूनिष्ट नेताका रुपमा चिनिने रोकायले कांग्रेसका नेता एवम् निवर्तमान सांसद बादसाह कुर्मीलाई परिजित गरि सांसदमा विजयी भए ।

उनले ३१ हजार ६०१ मत ल्याएर विजयी हुँदा निकतम प्रतिद्वन्द्वी कांग्रेसका कुर्मीले २६ हजार ६१७ मत प्राप्त गरे ।

प्रदेशसभा ३ (क) पनि वाम गठबन्धनका माओवादी केन्द्र उम्मेदवार इन्द्रप्रसाद खरेल (आइपी) विजयी भए ।

उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्तराम थारुलाई पराजित गरेका हुन् । उनले १६ हजार ६७५ मत प्राप्त गर्दा थारुले १४ हजार ९८१ मत ल्याए । उक्त क्षेत्रमा ३५ हजार ६९० मत खसेको थियो ।

प्रदेश सभा ३ (ख) मा पनि वाम गठबन्धनकै एमालेका उम्मेदवार बाबुराम गौतम विजयी भए । उनले पनि कांग्रेसका उम्मेदवार लक्ष्मी नारायण शाहलाई पराजित गरे ।

एमालेका गौतमले ११ हजार ८७७ र काँग्रेसका शाहले ७ हजार ५९२ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *