कैलाली ३ र ४ मा माओवादी उम्मेदवार विजयी

मङ्सिर २४, कैलाली । कैलाली क्षेत्र नम्बर तीनबाट बाम गठबन्धनका साझा उम्मेदवार गौरी शङ्कर चौधरी विजयी भएका छन् । माओवादीबाट उम्मेदवार रहेका गौरीशंकरले २४ हजार ८६२ मत ल्याउँदा नेपाली काङ्ग्रेसका रामजनम चौधरीले २० हजार ३५५ मत ल्याए ।

त्यस्तै, कैलाली क्षेत्र नम्बर ४ मा माओवादी नेता लेखराज भट्ट विजयी भएका छन् । भट्टले २७ हजार ५४४ मत ल्याउँदा सुनिलकुमार भण्डारीले १८ हजार १४२ मत ल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *