भदौ ३० गते एनआइसी एसियाको साधारणसभा

भदाै ९, काठमाडाै । वाणिज्य बैंकहरुमा एनआइसी एसियाले पहिलो साधारणसभा बोलाएको छ । कम्पनीको आगामी भदौ ३० गते साधारणसभा बस्ने भएको छ ।

सभाले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ । साथै, कर प्रयोजनका लागि १. ०५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित हुने छ ।

यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको कम्पनीले जनाएको छ । साधारणसभाका लागि भदौ १६ देखि ३० गतेसम्म सेयरधनी किताब बन्द हुने भएको छ । गत आर्थिक वर्ष बैंकले १ अर्ब ४६ करोड खुद नाफा कमाएको छ। प्रतिसेयर आम्दानी २२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *