गौचनको हत्या अभियोगी गोम्बे चितवनबाट पक्राउ

चितवन, माघ ९ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली प्रहार गर्ने सुटर श्याम गोम्बेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज बिहान गोम्बेलाई पक्राउ गरेको हो ।

गौचनको गत २३ असोजमा काठमाडौंमा दिनदहाडै गोली हानी हत्या गरिएको थियो । गौचनलाई गोली प्रहार गर्ने अर्का सुटर अमरबहादुर राणा अझै फरार छन् । उनीहरु दुवै जना सेनाका भगौडा हुन् ।

यसैबीच, कैलालीको अत्तरियाबाट पेस्तोल सहित २ जना पक्राउ परेका छन । गोदावरी नगरपालिका वडा नम्वर २ अत्तरियाबाट नट कटुवाल पेस्तोल सहित २० बर्षीय चेतन कार्की र प्रबिन कठायत पक्राउ परेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *