नेपाल आइडलका विजेता लामा संगै तिन गायकले अष्ट्रेलियाको मेलवर्नमा कन्सर्ट गर्दै

काठमाडौं, कात्तिक २१ । नेपाल आइडलका  विजेता बुद्ध लामा सहित शिर्ष तिन गायकले अष्ट्रेलियाको मेलवर्नमा कन्सर्ट गर्दैछन् । नेपाल आइडलका लामा सहित निशान भट्टराई र प्रताप दासले र गायिका प्रमिला राईले समेत प्रस्तुती दिने आयोजकमध्येका आशिष केसीले जानकारी दिनुभयो । एक्सेस एन्टरटेन अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रम डिसेम्बर ३ मा ब्याटम्यान रोयाल, कोबर्गमा हुनेछ ।

यी कलाकारहरूलाई द ट्राभलिङ्ग ब्यान्डले साथ दिने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल आइडलको प्रस्तुतीसँगै नेपाली खानाको स्वाद लिन पनि पाइनेछ । कंडेल कन्सल्टेन्सी एडुकेसन एण्ड माईग्रेसन प्रमुख प्रायोजक रहेको कार्यक्रमलाई सारथी एकाउण्टेन्स एण्ड एड्भाईजर्स, अल्टिमेट ईन्टिच्युट अष्ट्रेलिया, टिडब्लुजीजी माईग्रेसन एण्ड एजुकेसन र भिडिए फाईनान्सले कार्यक्रमलाई सहयोग गरेका छन् ।

नेपाली र विदेशी दुवै समुदायको कार्यक्रममा सहभागीता रहने स्मार्ट एक्सेसका प्रवन्ध निर्देशक विभुषण जोशीले बताउनुभयो । कन्सर्टको आयोजनाबारे प्रचार प्रसारका लागि मेलबर्नको मेट्रो रेलहरुमा पनि पोष्ट टाँसीएको छ । मेल्बर्नको मेट्रो रेलहरुमा नेपाली कार्यक्रमाको प्रचार गरिएको पहिलो पटक हो । कार्यक्रम मेल्र्बन सहित सिड्नी, क्यान्बेरा, होबर्ट, पर्थ र ब्रिजवेनमा पनि हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *