मोरङको ८ वटा प्रदेशको मत परिणाम आयो, पाँच ठाउँमा बाम

“
विराटनगर, २४ मंसिर । मोरङमा १२ वटा प्रदेशसभा सदस्यको निर्वाचनमध्ये आठ वटा निर्वाचन क्षेत्रको नतिजा निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ ।
प्राप्त नतिजाअनुसार पाँच स्थानमा वाम गठबन्धन र तीन स्थानमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
मोरङको क्षेत्र नं १ को दुवै प्रदेशमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश ‘क’मा नेकपा (माओवादी केन्द्र)का कुलप्रसाद साम्बा (लिम्बू) १९ हजार ५५४ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ललित अधिकारीले १५ हजार २६३ मत प्राप्त गरेका छन् ।
सोही निर्वाचन क्षेत्रको ‘ख’मा नेकपा (एमाले)का उपेन्द्रप्रसाद घिमिरेले १७ हजार ११७ मत प्राप्त गरी विजयी भएका छन् । भन घिमिरेका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ईश्वरी कोइरालाले १४ हजार ३१० मत प्राप्त गरे ।
निर्वाचन क्षेत्र नं ३को प्रदेश ‘क’मा काँग्रेस र ‘ख’मा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । क्षेत्र नं ३को ‘क’मा नेपाली काँग्रेसका सूयर्माराज राईले २० हजार २९९ मत प्राप्त गरेर विजयी भएका छन् । भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) की गीता तिम्सिनाले १९ हजार ३९९ मत प्राप्त गरे ।
क्षेत्र नं ४ को दुईवटै प्रदेशमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश ‘क’मा माओवादी केन्द्रका विजयकुमार विश्वास १८ हजार २८९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भक्तिनाथ माझीले १५ हजार २२३ मत प्राप्त गरे ।
सोही निर्वाचन क्षेत्रको ‘ख’ मा एमालेका जीवन घिमिरेले १३ हजार ८०५ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विश्वनाथ रिजालले ११ हजार ६२५ मत प्राप्त गरे ।
क्षेत्र नं ६ को दुइ वटै प्रदेशमा नेपाली काँग्रेस विजयी भएको छ । प्रदेश ‘क’ मा चुमनारायण तवदारले २३ हजार ५१३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका जीवन आचार्यले २१ हजार ४७० मत प्राप्त गरे । सोही निर्वाचन क्षेत्रको प्रदेश ‘ख’ मा काँग्रेसका केदार कार्कीले ११ हजार २९८ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका रमेश पोखरेलले आठ हजार १२० मत प्राप्त गरे ।
–––
“








