दाङ ३ को क बाट कांग्रेसका चौधरी निर्वाचित

मंसिर २४,  दाङ : नेपाली कांग्रेसका नेता एवं श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। दाङको निर्वाचन क्षेत्र नं. ३ को क बाट चौधरी १७०३६ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

उनले नेकपा माओवादी केन्द्रका नेता जगप्रसाद शर्मालाई २३३७ मतले पराजित गरेका हुन्। शर्माले १४७०० मत पाएका थिए।दाङका ३ निर्वाचन क्षेत्रमध्ये प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको तर्फबाट निर्वाचित हुने चौधरी पहिलो नेता हुन्। प्रदेशसभा सदस्यमा निर्वाचित चौधरीकै कारण दाङमा वाम गठवन्धनको क्लिनस्विप गर्ने सपना सार्थक हुन पाएन। सो क्षेत्रमा कुल मतदाता ५३ हजार १ सय ८४ थिए भने ३६ हजार १ सय ३८ खसेको थियो ।

दाङको प्रदेश तथा प्रतिनिधिसभा गरी पाँच वटा क्षेत्रको परिणाम सार्वजनिक हुँदा श्रम राज्य मन्त्री चौधरी मात्रै कांग्रेस दाङको तर्फवाट निर्वा्चित हुने पहिलो व्यक्ति हुन्। प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्रमा वाम गठबन्धनकै उम्मेदवार विजयी भएका छन्। निर्वाचन क्षेत्र नं. २ मा माओवादी केन्द्रका कृष्णबहादुर महरा र ३ मा एमालेका हिराचन्द्र केसी निर्वाचित भएका छन्। निर्वाचन क्षेत्र नम्बर १ मा पनि एमालेकै मेटमणि चौधरीको अग्रता छ। प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ को ‘ख’ मा पनि एमालेकै उम्मेदवारले जितेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *