साउदी अरबले लेवनानविरुद्ध युद्ध छेडेको हिज्बुल्लाह नेताको आरोप

काठमाडौं, कात्तिक २५ । लेबनानका हिज्बुल्लाह नेता हसन नसरल्लाहले साउदी अरबले लेवनानविरुद्ध युद्ध छेडेको आरोप लगाए ।

लेवनानका प्रधानमन्त्री साउद अल हरिरीले राजीनामा दिएपछि हिज्बुल्लाह नेताले यो आरोप लगाएका हुन् । लेवनानी प्रधानमन्त्री हरिरीले साउदी अरबको राजधानी रियादबाटै आफ्नो राजीनामा दिएका थिए ।

प्रधानमन्त्री हरिरीले एक टेलिभिजन सम्बोधनमार्फत् पदत्याग गरेको घोषणा गरेका थिए । उनले आफ्नो ज्यानको खतरा भएकाले राजीनामा दिएको उल्लेख गरेका थिए । आफ्नो सम्बोधनका क्रममा उनले इरान र हिज्बुल्लाहलाई निशाना बताएका छन् ।

हिज्बुल्लाह नेता नसरल्लाहले भने साउदी अरबले हरिरीलाई जबरजस्ती रोकेर राखेको आरोप लगाएका छन् । उनले साउदी अरबले लेवनानविरुद्ध इजरायललाई पनि भड्काइरहेको आरोप लगाए ।

हिज्बुल्लाह शिया आन्दोलनलाई इरानले साथ दिंदै आएको छ । लेवनानसहित त्यस क्षेत्रमा तनाव बढाउन साउदी अरब जिम्मेवार रहेको निष्कर्ष हिज्बुल्लाहको छ ।

लेबनानी राष्ट्रपति मिसेल आउनसहित अन्य वरिष्ठ राजनीतिज्ञहरुले उनलाई फिर्ता आउन अपील गरेका छन् । लेवनानले हरिरीलाई साउदी अरबको एक घरमा नजरबन्द गरिएको र उनमाथि दबाब दिइएको जनाएको छ । लेवनानका राष्ट्रपतिले हरिरीको राजीनामा स्वीकृतसमेत गर्नुभएको छैन ।

जबकी हरिरीले टेलिभिजन सम्बोधनबाट राजीनामा घोषणा गरेपछि सार्वजनिकरुपमा केही पनि प्रतिक्रिया दिएका छैनन् शुक्रबारको टेलिभिजन सम्बोधनमा हिज्बुल्ला नेता नसरल्लाहले साउदी अरबले लेवनानविरुद्ध भित्रभित्रै संघर्षका लागि उक्साइरहेको आरोप लगाएका छन् ।

उनले साउदी अरबका अधिकारीहरुले लेवनानका हिज्बुल्लाहविरुद्ध युद्ध गरिरहेको र यसलाई आफूले लेवनानविरुद्धकै युद्धको रुपमा लिएको बताए । साउदी अरबले लेवनानमा हमला गर्न इजरायललाई अर्बौ डलर दिने तयारी गरेको आरोप पनि उनले लगाए(एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *