गुल्मी क्षेत्र नम्बर २ बाट गोकर्ण बिष्ट बिजय, बिजयी पछि के भने त गोकर्णले ?

गुल्मि, मंसिर २४ ।  प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर २ बाट एमाले नेता गोर्कण बिष्ट भारी मतका साथ बिजयी भएका छन् । उनले नेपाली काँग्रेसका चन्द्र बहादुर केसीलाई १४ हजार ४ सय ६२ मत अन्तरले पराजित गरेका हुन् ।

बिष्टले ३४ हजार ६ सय १८ मत प्राप्त गरेका थिए भने बिष्टका प्रतिद्वन्द्वी नेपाली काँगे्रसका केसीले २० हजार १ सय ५६ मत ल्याएका थिए ।

निर्वाचन अधिकृत कमलराज गौतमले विजयी भएको घोषणा गरेका हुन् । लामो समय वाम राजनीतिमा सक्रिय रहेका बिष्टले आफू विजयी बनेपछि सबैलाई धन्यवाद दिँदै जनताको सेवामा सधै समर्पित हुने बताए ।

दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको गुल्मीमा पछिल्लो मत परिणाम अनुसार सवै क्षेत्रका प्रतिनिधि सभा र प्रदेशसभामा बाम गठबन्धनले नै अग्रता लिएका छन् ।

जितपछि के भने गोकर्ण बिष्टले ?

विजयी भएपछि एमाले सचिव गोकर्ण विष्टले इमान्दार सेवक र भरियाको रुपमा जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाली रेडियो नेटवर्कका लागि पत्रकार ऋिषि धमलासँग कुरा गर्दै एमाले सचिव समेत रहेका विष्टले जनताको आशा र अपेक्षा पुरा गर्नका आफु सदैव सक्रृय रहने बताएका हुन् ।

‘जनताले दिएको विश्वास कुनै समय पनि डगमगाउन दिनेछैन’उनले भने, ‘ जनताको गरिबी, अशिक्षा र वेरोजगारी हटाएर सम्वृद्ध नेपाल निर्माण अभियानमा वाम गठबन्धन सफल हुनेछ ।’

विष्टले थपे, ‘जनताले ऐतिहासिक अवसर प्रदान गर्नुभएको छ । आउँदो पाँच वर्षमा चुनाव अघिका प्रतिबद्धता पुरा गर्ने छौं । जनताले महसुस गर्नेगरि काम गर्ने छौं ।’

आउँदो सरकारमा मन्त्री हुने कि नहुने भन्ने प्रश्नमा विष्टले भने, ‘मन्त्री बन्ने भन्दा पनि जनप्रतिनिधी भएर सेवा गर्न पाउनु नै ठुलो कुरा हो ।
पार्टी एकताको संकल्प गरिसकेको ले वाम पार्टीविचको एकता चुनाव लगत्तै हुने नेता विष्टकले बताए । वाम गठबन्धनको सरकार पछि समग्र देशको विकासको ढोका खुल्ने उनले दावी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *