चुनावी प्रचारका लागि हिडेको जिप दुर्घटना हुदा ९ जना घाइते

प्यूठान– प्यूठान नगरपालिका ३ दैलेसिमलमा चुनावी प्रचारमा हिडेको लु १ च ३०९७ नम्बरको जिप (पिकअप) दुर्घटना भएको छ । नेपाली कांग्रेसको चुनावी प्रचारमा लगिएको उक्त जिप पल्टिदा वडा अध्यक्ष मिन बहादुर खड्का सहित ९ जना घाइते भएका छन् ।

दुर्घटना हुदा जिप सवार सुरेश विक, धन बहादुर गोतामे, सुनिता सापकोटा, शान्त बहादुर खड्का,सुरेष सुनार, रेसम गन्धर्व, ज्ञानु सापकोटा र मिन बहादुर खड्का घाइते भएका हुन् । घाइतेहरुको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सबै जना प्यूठान नगरपालिका वडा नं. ३ का स्थानीयबासी रहेको र  बिहानै चुनावीप्रचारका लागि हिडेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =