मकवानपुर १-ख र २-कमा वाम तथा २-खमा लोकतान्त्रिक गठबन्धन विजयी
२०७४ जेठ १५ गते

“
मंसिर २३, हेटौँडा । मकवानपुर क्षेत्र नं १ को ९ख० मा वाम गठबन्धनबाट नेकपा (एमाले)का डोरमणि पौडेल २० हजार ७०३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका अशोक शाक्यले १६ हजार ५८१ मत प्राप्त गरे ।
त्यस्तै क्षेत्र नं २ को (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कुमारी मोक्तानले २७ हजार १३२ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका यति सापकोटाले १४ हजार १३६ मत प्राप्त गरे ।
यसैगरी क्षेत्र नं २ को (ख) मा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका इन्द्रबहादुर बानियाँले १९ हजार २४५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट एमालेका राजाराम स्याङताङले १७ हजार ८३४ मत प्राप्त गरे ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








