बर्दिया १ क मा एमालेका थारु विजयी

मंसिर २३, काठमाडौँ । बर्दियाको प्रतिनिधिसभा १ अन्र्तगतको प्रदेश सभा क मा एमालेका कविराम थारु विजयी भएका छन् । काँग्रेस उम्मेदवार सोदे विष्टभन्दा २ हजार ३ सय ६७ मत बढी ल्याएर थारु विजयी भएका हुन् ।

विजयी थारुले २३ हजार ५ सय ६० मत ल्याए । उनका प्रतिद्धन्द्धी विष्टले २१ हजार १ सय ९६ मत ल्याए । मतगणनाको सुरु देखि नै अग्रता कायम गरेका थिए ।

बर्दियामा यसअघि प्रतिनिधिसभा २ को ख मा माओवादी केन्द्रका दिपेश थारु विजयी भएका छन् । उनले काँग्रेसका नाचुराम थारुलाई ५ हजार ७ सय २४ मतले हराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =