च्याम्पियन्स ट्रफि, श्रीलंका द्धारा भारत ७ विकेटले पराजित

आइसीसी च्याम्पियन्स ट्रफि अन्तर्गत समुहको दोस्रो खेलमा श्रीलंकाले भारतलार्इ ७ विकेटले पराजित गरेकाे छ । भारतले श्रीलंकालाई दिएकाे तीन सय २२ रनको लक्ष्य श्रीलंकाले ३ विकेट गुमाएर भेटाउन सफल भयाे ।

लण्डन स्थित किङस्टन ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ६ विकेट गुमाउदै तीन सय २१ रन बनाएकाे थियाे । बलियो सुरुवात गरेको भारतका लागि पहिलो विकेटका रुपमा शिखर धवन र रोहित शर्माले एक सय ३८ रनको साझेदारी गरेका थिए । रोहितले ७८ रन बनाए । त्यसपछि कप्तान विराट कोहली र युवराज सिंहलाई सस्तैमा गुमाएको भारतले एक सय ७९ रन हुदा तीन विकेट खेर फालेको थियो ।

उसका लागि शिखरले एक सय २५ रनको पारी खेले । च्याम्पियन्स ट्रफिमा शिखरको तेस्रो सतक हो भने करियरको १० औ सतक हो । यस्तै महेन्द्रसिंह धोनीले ६३ र केदार जादवले अविजीत २५ रन बनाए ।

लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले ११ रनमै आफ्नो पहिलो विकेट गुमाएको थियो। तर, दनुस्का गुनाथिलका र कुसल मेन्डिसको जोडीले दोस्रो विकेटका लागि १ सय ५९ रनको साझेदारी गरेपछि श्रीलंकाको जितको सम्भावना बढेर गएको थियो। दुवै खेलाडी रन आउट भए। तर, उनीहरुले जितको सम्भावनालाई नजिक ल्याएका थिए। गुनाथिलका ७६ र मेन्डिस ८९ रन बनाउदै आउट भए। मेन्डिसलाई उनको उत्कृष्ट खेलका लागि म्यान फ दि म्याच छानियो।

उनीहरु आउट भएपनि एञ्जेलो म्याथ्युस र कुसल परेराले खेललाई विजयसम्म डोर्याएका थिए। परेरा ४७ रन बनाएर रिटायर्ड हर्ट भए। उनको अनुपस्थितिमा म्याथ्युसले अविजित ५२ रन बनाए। परेराले रिटायर्ड हर्ट हुनुअघि म्याथ्युससँग मिलेर ७५ रनको अविजित साझेदारी गरिसकेका थिए। उनको स्थानमा आएका आसेला गुनारत्नेसँग मिलेर म्याथ्युसले फेरि अविजित ५१ रनको साझेदारी गरेका थिए। गुनारत्ने पनि ३४ रन बनाउदै अविजित रहे।

श्रीलंकाको जितसँगै समूह ‘बी’ तर्फको खेल रोचक मोडमा उभिएको छ। भारत, श्रीलंका, पाकिस्तान र दक्षिण अफ्रिका समावेश यो समूहमा ४ वटै टोलीले २ खेल खेल्दा १–१ वटा जित सम्भव पारेका छन् र सबैको समान २–२ अंक छ। अब ४ वटै टोलीले सेमिफाइनल प्रवेशका लागि आइतबार र सोमबार हुने अन्तिम खेललाई कुर्नु पर्नेछ।

आइतबार भारतको भिडन्त दक्षिण अफ्रिकासँग हुँदैछ। श्रीलंकाले सोमबार पाकिस्तानसँग भिडन्त गर्नेछ। यस खेलमा जुन टोली विजयी भयो, त्यो सेमिफाइनल पुग्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − two =