‘इयू’ द्वारा शान्ति, स्थायित्व र समृद्ध नेपालको पक्षमा मतदान गर्दै सम्पन्न भएको टिप्पणी

मङ्सिर २३, काठमाडौँ । युरोपियन युनियनले नेपालमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन शान्ति, स्थायित्व र समृद्ध नेपालको पक्षमा मतदान गर्दै सम्पन्न भएको प्रारम्भिक टिप्पणी गरेको छ ।

युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गरी निर्वाचन प्रक्रियालाई विफल बनाउने उद्देश्यले गरिएका हिंसाका बाबजुद मतदाताहरुले अविचलित रूपमा मतदान गरेको पनि स्पष्ट पारेको छ । निर्वाचन पर्यवेक्षणमा खटिएको मिसन टोलीले निर्वाचन आयोगको काममा भने पारदर्शिताको उल्लेख्य अभाव देखिएको पनि जनाएको छ । मिसन प्रमुख जेल्याना जोभ्कोले अत्यन्तै छोटो समयमा निर्वाचनसम्बन्धि बन्दोबस्त मिलाउने कामहरू सफलतापूर्वक सम्पन्न भए पनि निर्वाचन आयोगको काममा पारदर्शिताको अभाव देखिएको पाइएको उल्लेख गर्नु गरे ।

मिसनले निर्वाचनसम्बन्धि कार्यमा खटिएका निर्वाचन अधिकारी र सुरक्षाकर्मी समेत करिब ५ लाख मानिसहरूलाई मतदान गर्ने अवसरबाट वञ्चित गरेर निर्वाचनका क्रममा मतदानको अधिकार ठुलो मात्रामा सीमित गरिएको पनि स्पष्ट पारेको छ । निर्वाचनमा मतदाता शिक्षा पर्याप्त नरहेको पनि मिसनको भनाई छ । मिसनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षण गरेको थियो । पर्यवेक्षणका क्रममा ८९ प्रतिशत मतदान केन्द्रहरुमा मतदान कार्य सञ्चालन राम्रो भएको पनि मिसनद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *