बाँकेमा १४ केजी चरेससहित चार जना पक्राउ

मंसिर २३, नेपालगञ्ज । बाँकेमा १४ केजी लागु औषध चरेससहित चार जना पक्राउ परेका छन् । बिशेष सूराकीको आधारमा बाँके प्रहरीले शुक्रबार बैजनाथ गाउँपालिका वडा नं.१ चिसापानीबाट चरेससहित चार जना पक्राउ परेका हुन् ।

संघीय प्रहरी इकाई कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले चरेस बोकेका जाजरकोट कुसे ८ पजारु बस्ने २७ वर्षिय अर्जुन बस्नेत, कार्की गाउँ बस्ने ३० वर्षिय राम बहादुर खत्री, २२ वर्षिय प्रेम बहादुर खत्री र ४३ वर्षिय प्रेम बहादुरलाई पक्राउ गरेको हो ।

नेपालगञ्ज पुयार्एबापत पाँच हजार दिने सहमतिमा आफुहरुले बोकेर ल्याएको बताएका छन् । जाजरकोट पजारु बस्ने एक व्यक्तिले नै आफुहरुलाई नेपालगञ्ज पुयार्उन भनेका थिए । बरामद गरिएको चरेस भारतीय बजारमा करिब तीन लाख पर्ने भएपनि नेपाली बजारमा करिब डेढ लाख पर्ने अनुमान गरिएको छ । संघीय प्रहरी इकाई कार्यालय नेपालगञ्ज प्रहरी नायब उपरिक्षक नान्तीराज गुरुङले जानकारी दिए ।

प्रहरीका अनुसार चरेससंगै उनीहरुका साथबाट ४२ हजार नगद तथा तीन सेट मोबाईल समेत बरामद गरिएको छ । प्रहरीले उनीहरु भरियाका रुपमा प्रयोग भएका कारण वास्तविक कारोबारीको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *