मोरङमा २ बाट कांग्रेसका मिनेन्द्र रिजाल विजयी

मंसिर २३, मोरङ । मोरङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा मिनेन्द्र रिजाल निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणनाबाट १८ सय मत अन्तरसहित उनी विजयी भएका हुन् ।

रिजालले ३५ हजार ८ सय १९ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत ल्याएका छन् ।

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा क्षेत्र नं। १, ३ र ६ मा एमालेले जितेको छ भने क्षेत्र नं। ४ मा माओवादी केन्द्रले जितेको छ । परिणाम आउन बाँकी रहेको क्षेत्र नं। ५ मा माओवादीका शिवकुमार मण्डलले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *